काठमाडाैं- झट्ट हेर्दा बहिरी शरीरमा कुनै पनि प्रकारको समस्या नदेखिने तर मष्तिस्कमा समस्या भइरहेको हुन्छ । वैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरूस्ती नहुनू मानसिक स्वास्थ्य समस्या हो । सामान्य अर्थमा मनसिक स्वास्थ्य समस्यालाई मानिसको मन मष्तिस्क, सोच र व्यवहारको समस्या भनेर बुझ्न सकिन्छ ।
मानसिक स्वास्थ्य समस्याले मानिसको जीवनमा ठूलो असर पारेको भएतापनि यसको समधानका लागि व्यक्तिगत तथा समुदायिक स्तरबाट खासै पहल भएको पाइदैन । यसको उपचार सम्भव भएतापनि यसप्रतिको लाञ्छना, विभेद, अज्ञानता र कलङ्कका कारणले नेपालमा यो प्रभावकारी बन्न सकेको छैन ।
मानसिक स्वास्थ्य समस्याका कारणहरू:
-अणूवांशिक कारणः पहिलेको पुस्तामा मानसिक समस्या थियो भने त्यो पछिल्लो पुस्तामा देखिन्छ ।
-जैविक कारणहरूः मस्तिस्कको रासायनिक असन्तुलन, हर्मनहरुको असन्तुलन, शारीरिक रोग वा चोटपटक आदि ।
–मनोवैज्ञानिक कारणहरूः दुर्व्यवहार वा हिंसा, बाल्यकालको तनावपूर्ण अनुभव, आत्मसम्मानको कमी आदि ।

–पर्यावरणीय कारणहरूः आर्थिक समस्या, सामाजिक समर्थनको कमि, काममा अनावश्यक दवाव, प्राकृतिक प्रकोपहरू र सामाजिक संकट आदि ।
लक्षणहरु:
मानसिक स्वास्थ्य समस्या आइपरे डर लाग्ने, निन्द्रा नलाग्ने, भोग नलाग्ने, निराशापन, अनौठा विचार आउने, खानपानमा रुची नहुने, हातखुट्टा झमझम हुने, टाउको,छाती र पेट दुख्ने, लामो स्वास लिने, व्यवहारमा परिवर्तन हुने, कमजोर महशुस गर्ने, आत्महत्या गर्ने विचार आउने लगायतका लक्षण देखिने गरेका छन् ।
के गर्ने ?
मानसिक स्वास्थ्य समस्या देखिएमा विशेषज्ञकहाँ जानुपर्छ । कतिपय ठाउँमा विशेषज्ञ नहुन सक्छन् । त्यस्तो बेलामा स्वास्थ्यकर्मीकहाँ गएर भए पनि सहयोग माग्नुपर्छ ।
औषधि लिएर वा काउन्सिलिङ गरेर यो रोग निको हुन्छ । औषधि र साइको थेरापी सँगै गर्यो झन् चाँडो निको हुन्छ भनेर विज्ञानले पनि भनेको छ । विज्ञहरूसँग कुरा गरेर तनाव व्यवस्थापन गरेर पनि याे निको पार्न सकिन्छ ।








