

कैलाली : ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको कैलालीको गेटा अस्पतालमा भदौदेखि बिरामी नै भर्ना गरेर उपचार गरिने भएको हो । फिजियोथेरापी र अल्ट्रासाउन्ड सेवा सञ्चालनमा रहेको गेटामा भदौबाट इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत विस्तार हुने भएको छ । गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको उपचार सुरू गर्ने भएको छ ।
भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सरको उपचार सेवा सुरू हुने अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। भदौबाट नै मध्यम किसिमको शल्यक्रिया सेवासमेत सुरू हुने भएको अस्पतालका सूचना अधिकारी कार्कीले बताए ।
गेटा अस्पताल सञ्चालन गर्न संघीय सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको छ । हाल ६५ जना चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालबाट उपचार सेवा दिइ रहेका छन् ।



