
काठमाडौं, ३० चैत । नेपाल ग्लुकोमा सोसाइटी (एनजिएस) को वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि डा. इन्दिरा पौड्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
जलबिन्दुको उपचारमा सक्रिय चिकित्सकहरुको संस्था एनजीएसको नवगठित कार्यसमितिको अध्यक्षमा डा. पौड्याल, उपाध्यक्षमा डा. नन्दा गुरुङ, महासचिवमा डा. डक्की शेर्पा र कोषाध्यक्षमा डा. नेयाज कौसर मिक्रानी निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमितिका अन्य सदस्यहरूमा डा.दीक्ष्या मल्ल, डा. मिराज पोखरेल, डा. प्रगति गौतम, डा. रक्षा पन्त सिटौला र डा. रञ्जित कुमार साह रहनुभएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले जलबिन्दु सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, समयमै पहिचान र उपचारमा सोसाइटीले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालमा अन्धोपनको प्रमुख कारणमध्ये एक मानिने जलबिन्दुको रोकथाम, अनुसन्धान तथा उपचार सेवाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।



