काठमाडौं- नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र सदस्यहरूले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
मंगलबार काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालबाट सपथ ग्रहण गरेसँगै उपाध्यक्षसहित आठ जना नवनिर्वाचित सदस्यहरूले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।
हालै सम्पन्न काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका थिए। त्यस्तै, सदस्य पदमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविनकुमार यादव र डा. अस्मिता पोखरेल निर्वाचित भएका छन्।
यसैगरी, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. निना राई पनि सदस्य पदमा विजयी भएका छन्।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा मतदान भएको थियो। धुलिखेलमा ११ पुसमा तथा काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान सम्पन्न भएको थियो। निर्वाचनमा कुल ११ हजार ९२२ मत खसेका थिए।








