

काठमाडौं– नेपाल नर्सिङ संघले लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको आन्दोलनबारे स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षण गराएको छ । संघकी अध्यक्ष चन्द्रकला शर्मा लगायतले आइतबार मन्त्रीलाई भेटेर स्वास्थ्य क्षेत्र जस्तो मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा कार्यरत कर्मचारीहरुका जायज माग यथाशिघ्र सम्बोधनसहित कार्यान्वयन गरिदिन अनुरोध गरेको हो ।
तलब भत्ता सेवा सुविधा तथा वृद्धि विकासको माग गर्दै केही एकेडेमीमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । विभिन्न मितिमा भएका वार्ता तथा संवादलाई अस्पताल व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको उनीहरूले आरोप लगाएका छन् ।




