काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अस्वस्थ भएपछि उनले सबै भेटघाट बन्द गरेको स्रोतले बताएको छ । उनलाई हिजोबाट १०४ डिग्रीसम्मको ज्वरो आइरहेको बताइएको छ ।
अहिले ओलीका निजी चिकित्सक दिलीप शर्मा लगायतको टोलीले निगरानीमा राखेका छन् । डाक्टरहरुले प्रधानमन्त्री ओलीलाई डेंगु भएको आशंका गरेका छन् । डेंगु परीक्षणका लागि ओलीको रगत जाँच गर्न पठाइएको छ।