कैलाली- कैलालीको धनगढीमा मादक पदार्थ सेवन गरेका डाक्टरको कार दुर्घटनामा परेको छ । मादक पदार्थ सेवन गरेका एक डाक्टरले धनगढी मुख्य सडकको तारजाली र ट्रिगार्ड भाँचेका हुन् ।
कैलाली प्रहरीले सोमबार साँझ पौने ७ बजे धनगढी–३ बोराडाँडी घर भएका डाक्टर शम्भुप्रसाद भट्टले तारजाली र ट्रिगार्डका भाँचेका बताएको छ । मादक पदार्थ सेवन गरेर बिएबी ५८९९ नम्बरको कार चलाइरहेका डाक्टर भट्टले मुख्य सडकको मेडियनमा लगाइएको तारजाली र ट्रिगार्डमा क्षति पुगाएका हुन्।
मादक पदार्थ सेवन गरी आफैँ कार चलाइरहेका भट्टले धनगढी मुख्य सडकको प्रहरी पेट्रोल पम्प अगाडि तारजालीमा क्षति पुगाएको कैलाली प्रहरीले जनाएको छ ।
डाक्टर भट्ट र उनले चलाएको कारलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।