

ढाका – बंगलादेशमा डेंगुका कारण शनिबार एकै दिन १० जनाको मृत्यु भएको छ। यससँगै डेंगुबाट ज्यान गुमाउनेको सङ्ख्या ३१० पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
भाइरसबाट यो वर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । शनिबार बिहानसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमण भएको छ ।
डेंगुको बढ्दो सङ्ख्यासँग जुध्न बंगलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् ।
सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको मृत्यु भएको थियो ।



