

काठमाडौं- दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो तिहार । तिहारमा सेलरोटी विभिन्न प्रकारका रोटी र मिठाइका लागि प्रचलित छ । यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै टीका लगाउनुका साथै विभिन्न परिकार खुवाउने प्रचलन् छ ।
तिहारमा दाजुभाइलाई बजारमा पाइने रङ्गीबिरङ्गी मिठाइ खुवाउनुका साटो घरमा पकाएर रोटी र भाइमसला दिन चिकित्सकको सुझाव छ ।भाइमसलामा दिइने काजु, किसमिस, बदाम, ओखर जस्ता ड्राई फ्रूट लामो समयसम्म राखेर थोरै थोरै गरेर पनि खान सकिन्छ ।
आयुर्वेदविज्ञ वरिष्ठ कल्सटेन्ट डा.सवरी साह भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसलाका रुपमा ओखर, काजु, किसमिस, बदाम, चकलेट, सुपारी, नरिवल, मखन, काजु लगायतका ड्राई फ्रूट पोषणले भरिपूर्ण हुने बताउछन ॐ ।
सुख्खा बदाम, नरिवल, किसमिस, पेस्ता, सुख्खा नरिवल, ओखरमा शरीरमा आवश्यक पर्ने पोषण तत्त्व पाइने डा.साहको भनाइ छ । ड्राई फ्रूटले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरका साथै मस्तिष्कलाई फाइदा पुग्छ ।
उनले भने, “खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरूको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्नुका साथै रोग निरोधक क्षमता बढाउन मद्दत गर्छ । भाइमसला थोरै मात्रा खाँदा पनि शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्व र मिनिरल प्रशस्त मात्रमा प्राप्त हुने । ”
ड्राई फ्रूटमा शरीरलाई आवश्यक पर्ने बोसो, प्रोटिन, विभिन्न किसिमका भिटामिन पाइन्छ । ड्राई फ्रूट खाँदा पानीमा भिजाएर खाँदा उपयुक्त हुने डा.साहले जानकारी दिए ।
पाचन प्रणली कमजोर भएका, रगतमा बोसो जमेका, कोलेस्टोल, मुटुका बिरामीले ड्राई फ्रूट खाँदा चिकित्सकको सल्लाह अनुसार खाना डा.साहको सुझाव छ । ड्राई फ्रूट मुख्य खानाको एक दुई घण्टा अगाडि वा एक दुई घण्टा पछाडि खानु उपयुक्त मानिन्छ ।



