Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सुरु

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ कार्तिक १४, बुधबार
Share
Facebook Twitter

भक्तपुर- भक्तपर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ ।

बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए ।

मन्त्री थापाले प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तारै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको बताए ।

उनले भने, ‘बागमती प्रदेशका अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेका छौँ, यो सेवा अब निरन्तर भक्तपुर अस्पतालमा चल्ने छ । यो सेवालाई विस्तार गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ, अन्य अस्पतालमा पनि यो सेवालाई विस्तार गर्नेछौँ ।’

मन्त्री थापाले आँखाको शल्यक्रिया सेवा सञ्चालन गर्न मन्त्रालयले बजेटको व्यवस्थापन गरेको बताउँदै दरबन्दीसहितका चिकित्सकीय सेवा प्रदेशका सबै अस्पतालमा विस्तार गर्न मन्त्रालयले बजेटको व्यवस्था गर्ने पनि बताए ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले आँखाको ओपिडी सेवा पहिलादेखिनै सञ्चालन भए पनि शल्यक्रिया सेवा नहुँदा बिरामीलाई बाध्य भएर तिलगङ्गा आँखा अस्पताल पठाउनुपर्ने बाध्यता मंगलबारदेखि हटेको बताए । उनले मंगलबार सफलतापूर्वक बिरामीको आँखाको शल्यक्रिया गरेको बताउँदै यसका लागि नेत्र विशेषज्ञ डा अनुपमा अमात्यको नेतृत्वमा दुई जना आँखा रोग विशेषज्ञ र एकजना प्राविधिक गरी तीनजना जनशक्ति खटिएको बताए ।

उनले अब आँखाका उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बिरामीको बाध्यता अन्त्य भएको बताए ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.