

काठमाडौँ – देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजारभन्दा बढी नाघेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो विवरणअनुसार हाल देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जना पुगेको हो ।
यस्तै, यस अवधिमा ११ जना सङ्क्रमितको समेत मृत्यु भएको र र ७६ जिल्लामा सङ्क्रमण देखिएको ईडीसीडीको विवरणमा उल्लेख गरिएको छ । यस्तै हाल सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा रहेको देखिएको छ भने त्यसपछि काठमाडौंमा बढी सङ्क्रमित छन् ।
ईडीसीडीको विवरणअनुसार हाल कास्कीमा ७ हजार ८० जना सङ्क्रमित रहेका छन् । यस्तै काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९, ललितपुरमा एक हजार ६०, एक हजार ५७ जना सङ्क्रमित छन् । भक्तपुरमा ६ सय २८ जना सङ्क्रमित छन् ।
हाल सबैभन्दा धेरै डेङ्गु संक्रमण दर कास्की र काठमाडौंमा रहेको छ कास्कीमा हाल संक्रमण दर २६ प्रतिशत रहेको छ भने काठमाडौंमा १५ प्रतिशत रहेको छ ।


