

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रण चासो जगाउन सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आज एक भिडियो सन्देश जारी गर्दै देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबै बर्गमा अनुरोध गरेका छन् ।
हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।
डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् ।



