

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको छ।
भारतले बाढीमा ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै यस चुनौतीपूर्ण अवस्थामा भारत नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ।
विदेशमन्त्री एस जय शकरले एक्समा जानकारी दिएका छन् । भारतले पठाउने उक्त राहत सामग्री भोलि बिहान जहाजमार्फत् काठमाडौं आइपुग्ने बताइएको छ ।



