

काठमाडौँ- नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा कादिर आलम नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै आलमलाई अध्यक्ष पदमा नियुक्त गरेकी हुन् ।
आलमले स्वास्थ्य मन्त्रालयमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनी आजै परिषद्मा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।



