

काठमाडौं – आमरण अनशनमा रहेका इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगाइएको छ।
डा. हरिजनले इन्टर्न चिकित्सकलाई रेसिडेन्ट चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत उपलब्ध गराउने यसअघि भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न, सबै शिक्षण संस्थामा इन्टर्न चिकित्सकलाई समान सेवा–सुविधा र समान निर्वाह भत्ताको व्यवस्था गर्न तथा विगतमा सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै हिजो माइतीघरमा आमरण अनशन सुरु गरेका थिए।
तर, आज उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि वीर अस्पताल लगाइएको हो।



