

काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रलयले हिजाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार परिपत्र गरेको जनाएको छ ।
मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, स्वास्थ्य विज्ञान प्रतिस्ठान, त्रिवि शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल लगायतका अन्य अस्पताल र स्वास्थ्य केन्द्रलाई परिपत्र गरेको छ ।
सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वस्थ्य सम्बन्धी सेवा (बहिरङ्ग सेवा समेत) प्रवाह गर्नुपर्ने प्रावधान रहेको छ । सोही बमोजिम स्वास्थ्य सम्बन्धी सेवा प्रवाह अनिवार्य रूपमा गराउन मन्त्रालयले परिपत्र गरेकाे हाे ।



