

काठमाडौँ- वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ।
वीर अस्पतालमै हिजाे दिउँसो उपचारका क्रममा उनको निधन भएको हो।
योजना अनुसार साघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको बताइएको छ। अस्पतालका निर्देशक डा सन्तोष पौडेलले आफु र वीर परिवार स्तब्ध भएको बताए।



