

काठमाडौँ : भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली सुरु भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको निर्देशन अनुसार उक्त सेवा सुरु भएको हो ।
अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा, अनलाइन अपोइटमेन्ट,शल्यक्रिया कक्ष बढाएर ५ बनाएको छ ।
अस्पतालमा ३ वटा मात्रै शल्यक्रियाका कक्ष हुँदा शल्यक्रियाका लागि १ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकोमा आगामी दिनमा त्यस्तो अवस्थाको अन्त्य हुने निर्देशक चालिसे बताउँछन् । प्राय जसो सधै भीड हुने अस्पतालको रेडियोथेरापी सेवालाई सहज बनाउनका लागि रेडियोथेरापी मेसिन थपिएको छ । योसँगै रेडियोथेरापी सेवाका लागि महिनौं कुर्नुपर्ने अवस्था अन्त्य भएको डा चालिसेको दाबी छ ।
एक मात्रै १६ स्लाईको सिटीस्क्यान मेसिन रहेकोमा नयाँ सिटीस्क्यान जडान गरेसँगै सेवाका लागि दुई सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।



