

धनगढी : सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा थप दुई जनामा हैजा पुष्टि भएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन् । उनीहरू दुवैकाे घरमै उपचार भइरहेकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुताेष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टाेलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएकाे हाे । थप ४ जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे पनि उनले बताए ।
यसअघि पनि पशुपति टाेलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएकाे थियाे ।



