डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाले दुई वटा नयाँ एम्बुलेन्स खरिद गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८० /८१ को बजेटमा २ थान ‘ ख ‘ वर्गको एम्बुलेन्स खरिद गरिएको पालिका अध्यक्ष शेरसिंह पार्कीले बताए।

बिरामी तथा गर्भवतिलाई अस्पतालसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष पार्कीले बताए । पालिकामा अहिले दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । दुई वटा थप भएसँगै पालिकामा अब ४ वटा एम्बुलेन्सले सेवा दिने छ ।
Last Modified Date: २०८१ असार २६, बुधबार








