

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधीसम्बन्धी अध्ययन तथा अनुगमन गर्न समिति गठन गरेको छ । मन्त्रालयले मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेको हो ।
मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।औषधी, उद्योग एवम् औषधीसँग सम्बन्धित निकायहरूको सञ्चालनको अवस्था, सेवाप्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्ड, औषधीको गुणस्तर, समस्या र चुनौती लगायतका विषयमा स्थलगत अनुगम गरी १५ दिनभित्र पेस गर्ने गरी समिति गठन गरेको डा. बुढाथोकीले जानकारी दिए ।



