

डडेल्धुरा : डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन् ।
जिल्लाको परशुराम नगरपालिका–४ कटालका २१ जना एकसाथ बिरामी परेका हुन् ।
बिहीबार गाउँमा रोपाइँ गर्न गएका १२ महिला र ९ पुरुष त्यहीँ खाना खाएर बिरामी परेको जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीले बताएका छानबिन । उनीहरू सबैजसोलाई झाडापखाला र वान्ता हुने समस्या देखा परेको उनले बताए । उनका अनुसार विरामी भएपछि हिजो(शुक्रबार) उनीहरू अस्पताल पुगेका थिए ।
अस्पताल आएका मध्ये ३ जना निको भएर गएको र १२ जनाको उपचार गराइरहेका छन् । यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए ।
उनका अनुसार विरामीहरुलाई फुड पोइजनब भएको आशंका गरिएको छ । यद्यपि ल्याब टेस्टबाट मात्रै कारण थाहा हुने बताएको छ ।


