

कपिलवस्तु : कपिलवस्तु जिल्ला अस्पतालमा सरुवा भएर आएका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेको स्वागतमा अस्पताल हाताभित्र पटाका पड्काइएको छ । उनका समर्थकले खुसीयालीमा करिब एक मिनेटसम्म अस्पताल परिसरमा पटाका पड्काएका थिए ।
उनको स्वागतका लागि अस्पतालभित्रै औपचारिक कार्यक्रम भइरहेका बेला मंगलबार ११ बजेतिर पटाका पड्काएपछि स्थानीय आक्रोशित भएका थिए । अस्पतालको सुरक्षा संवेदनशीलतामा असर पुगाएको भन्दै प्रहरीले अस्पतालका करारका इलेक्ट्रिसियन डेबिट उस्मान मुसलमानलाई नियन्त्रणमा लिएको छ ।
कांग्रेस-माओवादी गठबन्धन सरकार बनेपछि मोहन बस्नेत स्वास्थ्यमन्त्री हुँदा मेसु बन्जाडेको सरुवा भएको थियो । २०८० जेठमा उनको यहाँबाट सरुवा भएको थियो । त्यसअघि ८ वर्ष ८ महिना २५ दिन उनी यहाँ मेसु भएर बसेका थिए । उनी दोस्रो पटक यहाँ आएका हुन् ।

