

काठमाडाैं : हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये दाँत एक हो । समयमै दाँतको स्याहार भएन भने विभिन्न समस्या देखिन सक्छ । दाँतको दुखाइ, गिजामा दुखाइ, दाँत झर्ने, दाँत पहेँलो हुने र मुख दुर्गन्धित हुनेलगायत समस्या देखिन्छन् । दाँत मुख स्वास्थ्य अन्तर्गत पर्छ । मुख र दाँतसँगका सम्वन्धित अंग तथा भागको हेरचाह यो स्वास्थ्यमा पर्छन् ।
सामान्यतया दाँत सफा राखे मुख स्वथ्य रहने कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठ बताउँछन् । ‘सबैभन्दा ठुलो कुरा जनचेतना हो तर जनचेतनाले मात्रै हुँदैन । सन २००४ नेपाल सरकारले मुख स्वास्थ्य नीती र त्यसैलाई २०१४ मा परिमार्जन गरिएको थियो । त्यसमा अलि कमजोरी छन् । कार्यन्वयनमा अलि फितलो छ’ उनले भने ।
उनका अनुसार प्रत्येक जनतालाई दाँत र मुख स्वस्थ राख्न जनचेतना दिनुपर्ने आवश्यक रहेको बताएका छन् । ‘हाल विभिन्न निजी तथा सरकारी पक्षले दन्तसम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका छन्, त्यसमा विभिन्न शिविरहरु गरिएका छन्’ उनले भने ।
यस्ता छन् डा. श्रेष्ठका सुझाव
-दाँत स्वस्थ राख्न प्रत्येक दिन खाना खाएपछि फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्ने । त्यसो गरेमा मुखसम्बन्धी रोग लाग्ने जोखिमलाई ६० प्रतिशतसम्म कम गर्न सकिन्छ ।
-दाँत माझ्दा नरम खालको ब्रस प्रयोग गर्ने
-ब्रस गरेपछि दाँतमा अड्केका खानेकुराका टुक्रालाई धागो (डेन्टल फ्लस)को मद्दतले निकाल्ने
-सुत्नभन्दा अघि गुलियो कुरा नखाने
-गुलियो कुरा खाइसकेपछि कुल्ला गर्ने
-प्रत्येक ६/६ महिनामा दन्त चिकित्सक
-धुम्रपान नगर्ने तथा सुर्तीजन्य कुरा नखाने
-खानामा फाइबरयुक्त खानेकुराहरु खाने, जंकफूड (पत्रुखाना) नखाने
-वर्षमा दुईपटक दाँत तथा मुख चिकित्सकलाई भेटेर जाँच गराउने
यसैगरी बुधवार मार्च २० मा मनाइने विश्व मुख स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले विभिन्न कार्यक्रम गर्ने भएको छ । ‘ह्याप्पी माउथ ह्याप्पी बडी’ को नाराका साथमा जनचेतनामुलक र्याली, निवन्ध र आर्ट प्रतियोगिता गर्ने कलेजले जनाएको छ ।
हेरौं भिडियो


