काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ। बोर्डले सूचना जारी गर्दै बीमा नवीकरणका लागि परिवारका प्रत्येक सदस्यको केवाईसी अद्यावधिक अनिवार्य गरेको हो।
बोर्डका अनुसार नयाँ व्यवस्थाका कारण हाललाई कनेक्ट आइपीएस, इसेवा र खल्तीलगायत डिजिटल भुक्तानी माध्यमबाट सीधै स्वास्थ्य बीमा नवीकरण गर्ने सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।

बीमा नवीकरण गर्न चाहने सम्पूर्ण बीमितलाई बोर्डको आधिकारिक एचआईबी ई–पोर्टलमा आफ्नो पुरानो बीमा विवरण हेरी परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक गर्न बोर्डले अनुरोध गरेको छ।
Last Modified Date: २०८३ कार्तिक ३०, आईतवार








