

काठमाडौं- रकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपानेको यो दोस्रो नियुक्ति हो । यसअघि उनले २०७९ देखि २०८२ सालसम्म पूर्ण कार्यकाल अध्यक्षका रूपमा नेतृत्व गरेका थिए । त्यस अवधिमा लामो समयदेखि कमजोर अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सुधार गर्दै पुनः सञ्चालनमा ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेको श्रेय पाएका थिए ।
फार्मास्युटिकल क्षेत्रमा परिचित न्यौपाने २०६८ देखि २०७२ सालसम्म नेपाल फार्मेसी काउन्सिलको अध्यक्षसमेत रहेका थिए । यसपटक उनी खुला प्रतिस्पर्धाबाट सिफारिस भई नेपाल औषधी लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन् ।



