

काठमाडौं- प्राकृतिक विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले क्वेस्ट फार्मास्युटिकल्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।
कम्पनीले कोषमा ११ लाख १ हजार आर्थिक सहयोग गरेको जनाएको छ। हालैको प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
कम्पनीले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। प्रभावित परिवार तथा समुदायलाई परेको कठिन परिस्थितिमा आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा सामाजिक उत्तरदायित्व पूरा गर्न थप प्रेरणा मिलेको कम्पनीले जनाएको छ।



