

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ।
मन्त्रालयका सहसचिव दिवश आचार्यका अनुसार स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई सरुवा गरी वीर अस्पताल पठाउने निर्णय भएको हो।
उपाध्यायको सरुवासँगै परिवार कल्याण महाशाखाको प्रमुखको जिम्मेवारी डा. ओम अर्याललाई दिइएको छ। यसअघि डा. अर्याल भरतपुर अस्पतालमा कार्यरत थिए।
त्यस्तै, डा. हेमन्त ओझालाई स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि डा. ओझा स्वास्थ्य सेवा विभागअन्तर्गत उपचारात्मक महाशाखामा कार्यरत थिए।



