

काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले रिक्त रहेका चार प्रमुख पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ।
प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदमा पदपूर्ति गर्न आवेदन माग गरेको हो। प्रतिष्ठान ऐन, २०६८ तथा कार्यकारी परिषद्बाट स्वीकृत ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू (शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक) को छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ अनुसार योग्य उम्मेदवारबाट आवेदन माग गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् भदौ ३ गते कार्यालय समयसम्म इच्छुक उम्मेदवारले आवेदन पेस गर्नुपर्नेछ।




