

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आपसी हितका विविध विषयमा छलफल भएको हो।
भेटमा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थिए।
छलफलका क्रममा स्वास्थ्य बिमा कार्यक्रममा निजी अस्पताल हटाइएको विषय तथा ‘स्वास्थ्यमा समता शुल्क’का नाममा उठाइएको कर सम्बन्धी विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ।


