

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा केही समयदेखि रोकिएको स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ। अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरंग) सेवा फेरि सुरु भएको जनाएको हो।
केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रवीन्द्र भक्त तिमलाका अनुसार ओपीडी सेवामा आधारित स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको छ, जसबाट बीमित सेवाग्राहीले पुनः सेवा लिन सक्नेछन्।
यसअघि स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना (रिइम्बर्समेन्ट) बापत पाउनुपर्ने रकम समयमै उपलब्ध नहुँदा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भएपछि अस्पतालले बीमा सेवा स्थगित गरेको थियो।


