

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी डा. दीपेन्द्र पाण्डेलाई दिइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्म काउन्सिलको दैनिक प्रशासनिक तथा कार्यकारी कामकाज सञ्चालन गर्ने जिम्मेवारी डा. पाण्डेलाई तोकेकी हुन् ।
डा. पाण्डे गत पुस दोस्रो साता सम्पन्न नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट सदस्य पदमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन हुन् ।
यसअघि काउन्सिलका रजिष्ट्रार रहेका डा. सतिशकुमार देवलाई स्वास्थ्य मन्त्रालयले गत साता पदमुक्त गरेको थियो ।


