

काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी विजयी भएका छन्।
मतगणनाको अन्तिम चरणमा आइपुग्दा उनले निकटतम प्रतिस्पर्धीभन्दा सुरक्षित अग्रता कायम गरेपछि उनको जित औपचारिक घोषणा अघि नै सुनिश्चित भएको हो।
कुल ७ हजार १०२ मत खसेकोमध्ये हालसम्म ६ हजार ९१५ मत गणना भइसकेको छ। पछिल्लो मतपरिणामअनुसार डा. तिवारीले २,७४१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २२५६ मत पाएका छन्।
डा. तिवारी ४८५ मतले अगाडि रहेका छन् भने अब गणना गर्न बाँकी मत १८७ मात्रै रहेको छ। बाँकी मतले परिणाम उल्ट्याउन नसक्ने देखिएकाले उनको जित सुनिश्चित भएको हो।
वरिष्ठ उपाध्यक्ष पदमा डा. अजयकुमार मिश्रले १,३८५ मत प्राप्त गरेका छन्।


