

काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. बद्री रिजालले अध्यक्ष पदमा आफ्नो जित सुनिश्चित गरेका छन्।
अन्तिम मतपरिणाम आउनुअघि नै उनले निकटतम प्रतिस्पर्धीभन्दा गन्न बाँकी मतभन्दा बढी अग्रता कायम गरेपछि उनको जित पक्का भएको हो।
कुल ७ हजार १०२ मत खसेकोमध्ये हालसम्म ६ हजार ९१५ मत गणना भइसकेको छ। पछिल्लो मतपरिणामअनुसार डा. रिजालले ३,१०५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी डा. मंगल रावलले २,८६७ मत पाएका छन्।
दुवैबीचको मतान्तर २३८ रहेको छ। अब गन्न बाँकी मत संख्या १८७ मात्रै रहेकाले उक्त मतान्तर उल्ट्याउन सम्भव नभएपछि डा. रिजालको जित औपचारिक घोषणा हुनुअघि नै सुनिश्चित भएको हो।
डा. नारायणप्रसाद भुसालले ८५० मत प्राप्त गरेर तेस्राे स्थामा रहेका छन्।


