
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ। विदेशी नागरिकता लिएको कारण उनीहरूको दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलले शुक्रबार सूचना जारी गर्दै ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०’ र ‘नेपाल नागरिकता ऐन २०६३’ अनुसार नेपाली नागरिकता परित्याग गरी अन्य देशको नागरिकता लिएका चिकित्सकहरूको नाम दर्ता अभिलेखबाट हटाइएको स्पष्ट पारेको हो।
काउन्सिलका अनुसार नाम हटाइएका चिकित्सकहरूलाई अब नेपालमा चिकित्सकीय अभ्यास गर्न कानुनी मान्यता रहने छैन।
साथै, यस निर्णयबारे सम्बन्धित सबै निकाय र सरोकारवालालाई जानकारी गराइएको काउन्सिलले जनाएको छ।




