
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने निर्णय गरेको हो।
चितवनलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा अध्यापन गर्दै आएका छन्।
उनी नेपाल मेडिकल काउन्सिलका दुई पटक निर्वाचित सदस्य भइसकेका छन्। साथै, नेपाल चिकित्सक संघ चितवन शाखाको उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहेका डा. प्रधान हाल पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागका संयोजकका रूपमा कार्यरत थिए। उनी रास्वपाको समानुपातिक सूचीमा समेत समावेश थिए।



