

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्म सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूबाट कुल ४ करोड ५२ लाख ४२ हजार पटक स्वास्थ्य सेवा प्रदान गरिएको छ।
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार अन्तरंग (इनडोर), बहिरंग (आउटडोर) र आकस्मिक (इमर्जेन्सी) सेवा समेटेर यो संख्या पुगेको हो।
तर, अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या केही घटेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ को फागुनसम्ममा ४ करोड ६० लाख पटक सेवा प्रवाह भएको थियो।
तुलनात्मक रूपमा चालु वर्षमा झण्डै ७ लाख ५८ हजार पटक कम स्वास्थ्य सेवा प्रवाह भएको देखिएको सर्वेक्षणले उल्लेख गरेको छ।


