काठमाडौं- लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको छ । बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको हो ।
सर्वेक्षण अनुसार चालु आवको आठ महिनामा लुम्बिनी प्रदेशको मातृ मृत्युदर २०७ प्रतिलाख रहेको छ ।

त्यस्तै, कर्णाली, गण्डकी र कोशी प्रदेशमा समेत मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा उच्च रहेको छ । भने, बागमती प्रदेशमा सबैभन्दा कम ९८ प्रतिलाख मातृ मृत्युदर रहेको सर्वेक्षणले देखाएको छ ।

Last Modified Date: २०८२ जेष्ठ १५, बिहीबार








