

काठमाडौं- सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले आज ललितपुरमा महिला ‘हाफ म्याराथन’ आयोजना गरियो ।
स्तन क्यान्सरबारे सचेत गराउने मुख्य लक्ष्यका साथ आयोजित प्रतियोगितात्मक हाफ म्याराथनमा सुनसरी रोकायाले उपाधि जितेकी छिन् । यसैगरी १० किलोमिटर दौडको उपाधि निशा सार्की, पाँच किलोमिटरमा सरस्वती भट्टराई र तीन किलोमिटरको उपाधि सम्झना राईले हात पारेका छन् ।
हाफ म्याराथनमा पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो भइन् । दश किलोमिटर दौडमा आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो भएकी छिन् । पाँच किलोमिटरमा अनुश्रिया तण्डुकार दोस्रो तथा ममिता धामी तेस्रो भएका छन् ।