
जनकपुर – मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीले शुक्रबार प्रदेशसभा अगाडि धर्ना दिएका छन् । स्थानीय सेवा ऐनमा भएको त्रुटिका कारण स्तरवृद्धि रोक्का भएको भन्दै उनीहरु धर्ना बसेका हुन् ।
जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा धर्ना बस्न गएका उनीहरुलाई ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले सचिवालय परिसर बाहिरै रोकेका थिए । माग पूरा नभए चैत १६ देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अनिश्चितकालिन धर्ना बस्ने उनीहरुले चेतावनी दिएका छन् ।


