काठमाडौं- ललितपुरको हात्तीवन आवासमा बस्नेहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराए १० प्रतिशत छुट पाउने भएका छन् ।
हात्तीवन हाउजिङ र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उक्त सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा क्यान्सर अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ र हात्तीवन हाउजिङका अध्यक्ष कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सोही अवसरमा त्यहाँ बसोबास गर्दै आएका वासीन्दालाई क्यान्सरसम्बन्धि सचेतना पनि प्रदान गरिएको थियो । हात्तीवन आवासमा कूल ६९ घर र १५९ सदस्य रहेका छन् ।