

बाग्लुङ- बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ । ६ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।
सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको २ करोड ७५ लाख ६४ हजार २५३ रुपैयाँ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए ।


