
काठमाडौं- आज विश्व मानसिक स्वास्थ्य दिवस । मानसिक स्वास्थ्यलाई धेरैले हल्कामा लिने गरेका छन् । कहिलेकाहीँ मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगलाई लिएर मानिसहरुले मजाक पनि बनाउने गरेका छन् । यद्यपि मानसिक स्वास्थ्य निकै गम्भीर तथा संवेदनशील विषय हो ।
विशेषगरी कोरोना महामारीपछि मानसिक स्वास्थ्यका बिरामीको संख्या झनै बढेको छ ।
मानसिक स्वास्थ्यमा तपाईंको भावनात्मक मनोवैज्ञानिक र सामाजिक सेवाका विषय समावेश हुन्छन् । यसले हामीले सोच्ने, महसुस गर्ने र काम गर्ने कुरामा असर पार्छ । त्यसका साथै हामीले तनाव कसरी व्यवस्थापन गर्छौं भन्ने कुरामा पनि यसले असर पारिरहेको हुन्छ । मानिसको बाल्यकालदेखि जीवनको प्रत्येक चरणमा मानसिक स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण हुन्छ । उदाहरणका लागि डिप्रेसनको केही प्रकारले शारीरिक स्वास्थ्य समस्याको जोखिम बढाउने गर्छन् ।
विशेषगरी लामो समयसम्म यस्तो अवस्था भए मधुमेह, हृदय रोग र स्ट्रोकजस्ता समस्या देखिन सक्छ। त्यस्तै केही दीर्घरोगले मानसिक स्वास्थ्यको जोखिम बढाउन सक्छ ।
डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वभर प्रत्येक ८ जनामा एकजनालाई मानसिक रोगको समस्या हुन्छ । यसमा एंग्जाइटी र डिप्रेसन डिसअर्डर सबैभन्दा धेरैलाई हुने गरेको छ। धेरै मानिसको लागि यसको उपचारको लागि कुनै राम्रो उपाय पनि छैन। यस्तोमा यसले गम्भीर परिणाम उत्पन्न हुन सक्छ ।
मानसिक स्वास्थ्य बिग्रिने कारण
मानसिक स्वास्थ्य बिग्रिने कुनै निश्चित कारण हुँदैन। धेरै कारणले मानसिक स्वास्थ्य बिग्रिन सक्छ।
जसमध्ये केही यहाँ उल्लेख छ –
– उतारचढावपूर्ण बाल्यकाल, उदाहरणको लागि बाल शोषण, यौन आक्रमण, हिंसा देख्नु आदि
– क्यान्सर वा मधुमेहजस्ता प्राणघातक रोग
– मस्तिष्कमा जैविक कारक वा रासायनिक असन्तुलन
– मदिरा वा नशालु पदार्थको सेवन
– एक्लोपना वा एक्लो महसुस हुनु
मानसिक स्वास्थ्यसँग सम्बन्धित गम्भीर रोगहरु
– एंग्जाइटी डिसअर्डर
– फोबिया
– इटिंग डिस अर्डर
– पर्सनालिटी डिसअर्डर
– मूड डिसअर्डर
– ओटिज्म
– डिमेन्सिया
मानसिकरुपमा स्वस्थ रहन आवश्यक पर्ने तत्वहरु
जिंक
मानिसको शरीरमा जिंकको मात्रा कम भए पनि यसले मानसिक समस्या सिर्जना गर्न सक्छ । त्यसैले जिंकयुक्त खानेकुरा खानुपर्छ ।
भिटामिन बी
भिटामिन बी आठ फरक फरक पोषक तत्वको समूह हो। विशेषगरी बी६, बी९ (फोलिक एसिड) र बी१२ महत्वपूर्ण मानिन्छ । मानसिक स्वास्थ्यको लागि भिटामिन बी निकै महत्वपूर्ण मानिन्छ ।
ओमेगा–३
ओमेगा–३ फ्याटी एसिड तीन प्रकारको हुन्छ। एएलए, ईपीए र डीएचए। ईपीएले मानिसलाई चिन्ताको सामना गर्न सहयोग पु¥याउँछ । यस्तोमा चियाको दाना, घ्यू, आलसलाई आफ्नो खानामा समावेश गर्नु राम्रो हुन्छ ।
म्याग्नेसियम
म्यानेसियमले पनि मानिसको शरीरमा चिन्ता, भय, डर, छटपटी रोक्न सहयोग गर्ने प्रणालीलाई पोषण दिन्छ ।
भिटामिन डी
भिटामिन डी मानिसको मस्तिष्कको कार्यको लागि आवश्यक मानिन्छ ।


