
–डा. किरन शाक्य
विश्व दृष्टि दिवस दृष्टिको बारेमा जानकारी लिन र अन्धोपनको बारेमा थाहा पाउनको लागि आँखाको स्वास्थ्यको बारेमा जानकारी लिन अक्टोबरमा मनाइन्छ ।
आँखाको दृष्टि कम हुने लङ साइटनेस वा सट साइटनेस हुने एउटा सम्स्या हो । चस्मा लगाएर यसको समाधान गर्न सकिन्छ । यसको पहिचान गरि आवश्यकता अनुसार चस्मा लगाउनुपर्ने हुन्छ ।
यसको लागि स्कुलहरुमा स्क्रिनिङ कार्यक्रम गरेर उनीहरूको आँखाको दृष्टि परीक्षण गर्नुपर्ने हुन्छ । यो समस्याले गर्दा विद्यार्थीहरुको पढाइमा असर पर्नुका साथै परीक्षाफल पनि बिग्रिन्छ ।
यति मात्र नभएर उनीहरूको मानसिक स्वास्थ्यमा पनि असर पर्दछ । जसको कारणले उनीहरुको भविष्य पनि अन्धकार हुने देखिन्छ ।
अर्को आँखाको समस्या भनेको मोतीमिन्दु हो । यसको लागि पनि हरेक वर्ष विभिन्न गाउँमा गएर विभिन्न किसिमका शिविर आयोजना गरिएको हुन्छ । यसले त्यहाँ मानिसको स्कृनिङ कार्यक्रम गर्ने गरेको छ । आवश्यक अनुसार सल्लाह दिने तथा उपचार गर्ने काम गरिन्छ ।
मधुमेहका कारणले पनि व्यक्तिको दृष्टिमा ठूलो असर पर्दछ । मधुमेह भएका व्यक्तिको शरिरमा ग्लुकोजको मात्रा बढी हुन्छ । यसका साथै अन्य रगतमा परिवर्तन हुन्छ । यसले गर्दा आँखाको दृष्टिमा जति मात्रामा अक्सिजन पुग्नुपर्ने हो त्यो पुगेको हुँदैन । यसले गर्दा दृष्टि पर्दामा रगत आउने बिरामीले टाडा हेर्दा कालो धब्बा देखिने जस्ता लक्षणहरु देखिन्छन् ।
यसकारणले गर्दा मधुमेहका बिरामी समय समयमा आँखाको परीक्षण गर्नुपर्ने हुन्छ । समयमा नै मधुमेह तथा दृष्टि पर्दा सम्बन्धी रोग पत्ता लागेको अवस्थामा आँखा सम्बन्धी अन्य जटिल समस्याको समाधान गर्न सकिन्छ ।सामान्यतया आँखाको समस्या सबैलाई हुने भएतापनि ४० बर्ष माथिका व्यक्तिमा बढी देखिएको छ ।
अहिलेको अवस्थालाई हेर्दा विशेषगरी बच्चाहरूले मोबाइल फोनको धेरै हेरेको कारणले गर्दा सट साइटनेस तथा मालबिया भएको अवस्था छ । त्यसकारण बच्चालाई सकेसम्म स्कृन समय कम गर्नलाई बाहिर खेल्न पठाउने तथा घरको काममा सहयोग गराउने गर्न सकिन्छ ।
यसरी गर्न सकिन्छ आँखाको हेरचाह
-नियमित रुपमा आँखाको चेकअप गर्ने
-डिजिटल स्क्रीनमा लामो समय हेर्ने व्यक्तिले समय समयमा ब्रेक लिने
-आर्टिफिसियल टियर ड्रप्सको प्रयोग गर्ने
-मोटरसाइकल, स्कुटर चलाउँदा सधैँ हेलमेटको भाइजर लगाउने
-एसी र पङ्खा कम स्पीडमा चलाउने
-फोहोर हातले आँखालाई नछुने
-चालिस वर्ष पुगेपछि आँखाको चेकअप गरी चिकित्सकको सल्लाह अनुसार चश्मा लगाउने