-डा आगँकृष्ण श्रेष्ठ
अक्टोबर महिनालाई ‘पिङ्क अक्टोबर’ भनेर चिनिन्छ । यसको उद्देश्य स्तन क्यान्सर सम्बन्धी जनचेतना जगाउने भन्ने हुन्छ ।
उनका अनुसार महिलाहरूलाई स्तन क्यान्सरको बारेमा जानकारी गराई घरमा बसेर स्तनको परीक्षण गर्ने, स्तन क्यान्सरका लक्षणहरु पत्ता लगाई समयमै उपचार गराउन सहयोग गर्ने साथै स्तन क्यान्सर जितेर आएका महिलाहरुलाई हर्ष उल्लासको आवाज दिने जस्ता भूमिका पिङ्क अक्टोरमा रहन्छ ।
ग्लोबल क्यानको तथ्यांकअनुसार स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्येको पहिलो क्यान्सर हो । । हरेक वर्ष नेपालमा २ हजार २५० को हाराहारीमा नयाँ स्तन क्यान्सर देखिने गरेको छ । तीमध्ये झण्डै ५० प्रतिशत अथवा १२ सय जनाको मृत्यु हुने गरेको छ । उनीहरुको समयमै उपचार नभएर वा उपचार नै नभएर मृत्यु हुने गरेको छ । यसको प्रमुख कारण भनेको स्तन क्यान्सरको बारेमा जानकारी नहुनु हो ।
नेपालमा स्तन क्यान्सर ४५–५५ वर्षको उमेरका महिलामा बढी देखिने गरेको छ । वंशाणुगत गुण लगायतका अन्य विभिन्न कारणले स्तन क्यान्सर हुने गरेको छ । पश्चिमी देशको तुलनामा स्तन क्यान्सरमा नेपाल एक दशक अगाडी देखिएको थियो ।
श्रेष्ठका अनुसार स्तन क्यान्सरको प्रमुख लक्षण भनेको पेन लेस लम्प वा नदुख्ने किसिमको गीर्खा हो । स्तनको मुन्टो गाडिने, मुन्टोबाट पानी आउने, रगत आउने स्तनको आकार परिवर्तन हुने, स्तनको छाला बाक्लो हुने, चाउरी पर्ने जस्ता लक्षण पनि पर्दछन् ।
जबसम्म दुख्दैन तबसम्म अस्पताल नआउने बानीले गर्दा रोग बढ्दै जाने गरेकाले महिलाको मृत्यु हुने गरेको छ ।
स्तन क्यान्सरका लक्षणहरू थाहा पाउनका लागि आफ्नो स्तनको परीक्षण महिनाको एक चोटी आफैँ गर्नुपर्छ । स्तनमा कुनै गीर्खा वा अन्य स्तन क्यान्सरका लक्षणहरू देखिएको छ कि छैन भनेर विचार गर्ने । महिनावारी भइरहेका महिलाहरुले महिनावारी भएको ५ दिनमा नुँहाउने बेलामा दायाँ हातले बाँया स्तन र बाँया हातले दायाँ स्तन परीक्षण गर्ने । वर्षमा एकपटक स्तन परीक्षण गर्ने । यसो गर्नाले स्तन क्यान्सरको समयमै उपचार हुन्छ ।
(डा श्रेष्ठ अन्कोप्लास्टिक ब्रेस्ट सर्जन हुन् )