

मकवानपुर- वाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।
बुधबार बिहान हेटौंडामा बसेको वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाल्पाका ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरेको हो ।
उपकुलपतिका लागि डा. सुरज मानन्धर र डा. हरिबहादुर खड्काको नाम पनि सिफारिस भएको थियो ।


