काठमाडौं- भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ ।
पेट दुखेपछि उनलाई भर्ना गरिएको बताइएको छ । त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटु सम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।
रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक-पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।