

काठमाडाैं- ब्लड क्यान्सर सचेतना महिनाको अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार हस्पिटलको हेमाटोलोजी युनिटले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा स्थानीय तथा अस्पतालका कर्मचारीहरुले रगतदान गरेका थिए । सेप्टेम्बर महिना विश्वभरी ब्लड क्यान्सर जनचेतना महिनाको रुपमा मनाइने गरिन्छ ।



