बुटवल : नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा डा.कृष्ण खरेल निर्वाचित भएका छन् । बुटवलमा भएको अधिवेशनबाट खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व ३ वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा डा.सन्दीप सुवेदी, उपाध्यक्षमा डा.वर्षा थापा, महासचिवमा डा.प्रकाश बस्नेत, कोषाध्यक्षमा डा.रमेश भट्टराई, सहसचिवमा डा.मोहनलाल तिवारी र सह कोषाध्यक्षमा डा.अमित चतुर्वेदी सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यले बताए ।
निर्वाचित सदस्यहरूमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा.मनिष विश्वकर्मा, डा.राजेन्द्र बस्याल, डा.सदीक्षा चापागाईं र डा.आकाश शाही रहेका छन् ।
संघको लुम्बिनी शाखामा ५०० चिकित्सक आबद्ध छन् । चिकित्सक संघमा देशभरका ३५ हजार आबद्ध रहेका छन् ।