काठमाडौं : काठमाडौं मेडिकल कलेज(केएमसी) र आन्दोलरत विद्यार्थीबीच सहमति भएको छ । सहमति पछि केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको छ ।
केएमसीका प्रथम डिन एनबी राणा, हालका डिन मनोज हुमागाईं, केएमसीसहित अन्य मेडिकल कलेजका विद्यार्थीहरु सहभागी बैठकमा फिल्ड वर्कसम्बन्धी निर्देशिका बनाउने, निर्देशिका नबनुन्जेलसम्म विद्यार्थीलाई असर नपर्ने गरी पठाउने सहमति भएको हो ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले डा दाहालको तत्काल निलम्बन फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका थिए ।
उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो ।